दमौली, भदौ २४
अखिल नेपाल महिला संघ व्यास नगर कमिटिको अधिवेशन आइतबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले कोपिला थापाको अध्यक्षतामा ३१ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।



निवर्तमान अध्यक्ष जौमाया रायमाझीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, नेकपा एमालेकी केन्द्रीय सदस्य भगतवी न्यौपाने, एमाले केन्द्रीय सल्लाहाकार एकबहादुर राना र नरेन्द्रराज वाग्ले, एमाले जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेंल, व्यास नगर कमिटिका अध्यक्ष विरेन्द्र अधिकारी, अनेमसंघ जिल्ला कमिटिकी अध्यक्ष विष्णुमाया ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा सहभागीहरुले हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरेका थिए ।