देवघाट, भदौ २४
अन्तराष्ट्रिय आत्महत्या न्यूनीकरण दिवसको अवसरमा आइतबार देवघाट सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा देवघाटमा जनचेतनामूलक कार्यक्रम तथा प्रचार प्रसार गरियो ।



आत्महत्या न्युनिकरण गर्ने सम्बन्धि प्रचार सामाग्री सहित देवघाट सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीयय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानिया, देवघाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष होम भारती लगायतले आत्महत्या न्युनिकरण गर्ने बारेमा सचेतना जगाउनु पर्ने बताए ।