सिर्जना आमा समुहको दरखाने र अग्रज सम्मान

Devghat Online

शेयर गरौ

दमौली, भदौ २४

सिर्जना टोल आमा समूह व्यास–३ को आयोजनामा दर खाने तथा अग्रज सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

सो कार्यक्रममा आमा समूहका पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, निवर्तमान सचिव र कोषाध्यक्ष क्रमशः काशी राना, कोपिला थापा, शर्मिला तमाङ र ओममाया श्रेष्ठलाई मायाको चिनो, फूल र अबिर प्रदान गरी समूहको जेष्ठ सदस्य केशकुमारी श्रेष्ठ र पार्वती दाहालबाट सम्मान गरिएको थियो ।

कार्यक्रम आयोजना गरी आफूहरूलाई सम्मान गरिएकोमा पूर्व अध्यक्ष द्वय र उपस्थित सबैले समूहले राम्रो कार्यको शुरुवात गरेको भनी प्रशंसा गरेका थिए । समूहकी अध्यक्ष सरिता श्रेष्ठले आमा समूहले यस अघि गुरु पूर्णिमाको अवसर पारेर टोल स्थित जेष्ठ बुबा आमालाई सम्मान गरेको, कृष्ण जन्माष्टमी पर्वको अवसरमा राधामाधव समितिमा पूजा अर्चना र नगद दान प्रदान गरिएको र नेपाली नारीको महान पर्वको अवसर पारी शुभकामना आदानप्रदान तथा अग्रज सम्मान कार्यक्रम गरिएको जानकारी गराइन् ।

राधा थापाले सञ्चालन र शोभा रानाभाटले स्वागत गरेको कार्यक्रममा टोलका अध्यक्ष, उपाध्यक्ष, सचिव ,सल्लाहकारहरू लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू