बलात्कारको आरोपितलाई १ बर्ष कैदको फैसला

Devghat Online

शेयर गरौ

दमौली, भदौ २४

१० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतले शुक्लागन्डकी नपा–८ का ५७ बर्षिय रामजिबहादुर थापा क्षेत्रीलाई एक बर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार उक्त मुद्धामा आंशिक अभियोग दावी पुग्ने ठहर गर्दै आरोपितलाई एक वर्ष कैदको फैसला गरेको हो ।

आरोपितले २०७९ कार्तिक १६ गते बिहान जंगलमा घाँस काट्ने जाने क्रममा बालिकालाई बलात्कार गरेको भन्दै सोही दिन पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारमा उजुरी दिएका थिए । प्रहरीले कार्तिक १६ गते नै आरोपितलाई पक्राउ गरेको थियो ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् २०७९ मंसिर ७ गते बलात्कार सम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकोमा जिल्ला अदालतको मंसिर ९ गतेको आदेशबाट आरोपित पुर्पक्षकोलागि थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो