दमौली, भदौ २४
१० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतले शुक्लागन्डकी नपा–८ का ५७ बर्षिय रामजिबहादुर थापा क्षेत्रीलाई एक बर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार उक्त मुद्धामा आंशिक अभियोग दावी पुग्ने ठहर गर्दै आरोपितलाई एक वर्ष कैदको फैसला गरेको हो ।
आरोपितले २०७९ कार्तिक १६ गते बिहान जंगलमा घाँस काट्ने जाने क्रममा बालिकालाई बलात्कार गरेको भन्दै सोही दिन पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारमा उजुरी दिएका थिए । प्रहरीले कार्तिक १६ गते नै आरोपितलाई पक्राउ गरेको थियो ।
प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् २०७९ मंसिर ७ गते बलात्कार सम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकोमा जिल्ला अदालतको मंसिर ९ गतेको आदेशबाट आरोपित पुर्पक्षकोलागि थुनामा थिए ।