डेंगु परिक्षण गर्दा ६ सय रुपैयाँ भन्दा बढि शुल्क लिन नपाइने

Devghat Online

शेयर गरौ

दमौली, भदौ २६

तनहुँमा अव डेंगु परिक्षण गर्दा ६ सय रुपैयाँ भन्दा बढि शुल्क लिन नपाईने भएको छ । प्रमुख जिल्ला अधिकारीको छवि रिजालको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले डेंगुको परिक्षण गर्दा अधिकतम ६ सय रुपैयाँ सम्म शुल्क लिन पाइने निर्णय गरेको छ ।

जिल्लाका विभिन्न अस्पताल, पोलिक्निक तथा स्वास्थ्य संस्थाहरुमा डेंगु परिक्षण गर्दा अत्याधिक शुल्क लिने उजुरी परेपछि प्रशासनको अगुवाईमा सरोकारवालाको बैठक बसेर डेंगु परिक्षणको शुल्क तोकेको हो ।

डेंगु परिक्षणकोलागि तोकिएको भन्दा बढि शुल्क लिने गरेको उजुरीपछि बैठक अघि दमौली स्थित केही अस्पताल तथा क्लिनिकहरुको अनुगमन समेत गरिएको थियो । बैठकले डेंगु परिक्षण गर्ने किटको अभाव हुन नदिन र तोकिए भन्दा बढि शुल्क असुल उपर गर्न नदिनकोलागि दमौली अस्पताल तथा स्वास्थ्य कार्यालयले नियमित अनुमगन गरि प्रतिबेदन पेश गर्नु पर्ने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले जानकारी दिए ।

साथै जिल्लामा डेंगु बढ्दो क्रममा रहेको हुँदा डेंगुको नियन्त्रण तथा रोकथामकोलागि सबै निकायहरुले आपसी समन्वय र सहकार्य गर्ने बैठकमा निर्णय भएको छ ।

बैठकमा सहायक प्रजिअ गैह्रे, प्रहरी उपरिक्षक अवदेश विष्ट, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारी, दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराल, व्यास नपाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोती सहित दमौलीका केही नीजि अस्पतालका सन्चालकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक