१६ दिनदेखि बेपत्ता नेपाली सेनाका मेजर विमल पण्डितको शव भेटियो

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ २६

१६ दिनदेखि बेपत्ता रहेका नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ । उनी डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत थिए।

त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा उनको शव फेला परेको घटनास्थलमा पुगेका डीएसपी शिब बुढाथोकीले वताए।

भेरीमा माछा मार्ने मछ्वाराले बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने सिबमल सार्कीले चिन्ढेबगर नदी किनारमा लास देखेका थिए। उनले पछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेपछि प्रहरीले गएर शव बरामद गरेको थियो।

प्रहरी पुगेपछि रामबाण गुल्मका गुल्मपती ध्रुव कार्कीको टोलीसमेत शव भेटिएको ठाउँमा पुगेको थियो। भेरीको किनारमा ढुंगाको खोचमा रहेको शव बाहिर निकालेपछि मेजर पण्डितले लगाएका घडी, औंठीबाट शव पहिचान भएको प्रहरीले जनाएको छ।

डीएसपी बुढाथोकीका अनुसार शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए । काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ