१६ दिनदेखि बेपत्ता नेपाली सेनाका मेजर विमल पण्डितको शव भेटियो

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ २६

१६ दिनदेखि बेपत्ता रहेका नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ । उनी डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत थिए।

त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा उनको शव फेला परेको घटनास्थलमा पुगेका डीएसपी शिब बुढाथोकीले वताए।

भेरीमा माछा मार्ने मछ्वाराले बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने सिबमल सार्कीले चिन्ढेबगर नदी किनारमा लास देखेका थिए। उनले पछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेपछि प्रहरीले गएर शव बरामद गरेको थियो।

प्रहरी पुगेपछि रामबाण गुल्मका गुल्मपती ध्रुव कार्कीको टोलीसमेत शव भेटिएको ठाउँमा पुगेको थियो। भेरीको किनारमा ढुंगाको खोचमा रहेको शव बाहिर निकालेपछि मेजर पण्डितले लगाएका घडी, औंठीबाट शव पहिचान भएको प्रहरीले जनाएको छ।

डीएसपी बुढाथोकीका अनुसार शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए । काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म