देवघाट, भदौ २६
तनहुँको देवघाट गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा आलुको विउ वितरण गर्ने भएको छ । गाउँपालिकामा सुचिकृत भएका कृषि फर्म, एग्रोभेट, कम्पनी वा सहकारी संस्थाहरु मार्फत उन्नत जानको आलुको विउ विक्री वितरण गर्ने भएको हो ।
गाउँपालिकाको कृषि शाखाको ०८०÷०८१ को बार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा सुचिकृत भएका कृषि फर्म, एग्रोभेट, कम्पनी वा सहकारी संस्थाहरुले मात्र आलुको बिउ विक्री वितरण गर्न पाउने छन् ।
यस अघि नै सुचिकृत भएका कृषि फर्म, एग्रोभेट, कम्पनी वा सहकारी संस्था तथा सुचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा आवश्यक कागजात सहित सुचिकृत हुन आउने कृषि फर्म, एग्रोभेट, कम्पनी वा सहकारी संस्थाहरुले कार्डिनल, जनकदेव तथा एमएस ४२ जातको उन्न्नत आलुको विउ विक्री वितरण गर्न पाउने देवघाट गाउँपालिकाका कृषि शाखाका प्रमुख बलबहादुर सिकर्मीले बताए ।
सुचिकृत हुनकोलागि फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आ.व.को करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि, भ्याट, पान दर्ताको प्रमाणपत्रको प्रतिलिपि, विउ बिजन विक्री गर्न पाउने इजाजत पत्र तथा बिउको पुस्ता जनाउने कागजात पेश गर्नु पर्ने गाउँपालिकाले प्रकाशित गरेको सुचनामा जनाईएको छ ।