एमाले गन्डकी प्रदेश कमिटीको अध्यक्षमा सिग्देलले उम्मेदवारी दिने

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तनहुँका नेता केदार सिग्देलले उम्मेदवारी दिने भएका छन् । यहि असोज १५ र १६ गते पोखरामा हुने गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनमा सिग्देलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

२०३३ सालवाट विद्यार्थी राजनितीवाट कम्युनिष्ट आन्दोलनमा लागेको सिग्देल २०३५ सालदेखि पार्टीमा काम शुरु गरेका हुन् । पन्चायती व्यवस्थाको विरुद्धमा लाग्दा शिक्षण पेशावाट निष्काशित हुनुपरेका सिग्देल २०४५ सालदेखि पुर्णकालिन भुमिगत कार्यकर्ता भएर पार्टीमा काम गरे ।

२०३५ सालदेखि हालसम्म राजनितीमा निरन्तर क्रियाशिल सिग्देल पार्टी र आम जनतामा सादगी, प्रष्ट वक्ता र कम्युनिष्ट नेताका रुपमा चित्रित छन् । पार्टीको गाँउ कमिटी अध्यक्ष, क्षेत्रिय ईन्चार्ज, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी कार्यलय सचिव, जिल्ला उपसचिव हुदै निरन्तर राजनितीमा सक्रिय सिग्देल २०६५ सालमा पार्टीको तनहुँ जिल्लाका अध्यक्षमा निर्वाचित भए । २०६५ देखि २०७८ सालसम्म २ कार्यकाल तनहुँ जिल्ला पार्टी अध्यक्षका जिम्मेवार सम्हालेका सिग्देलले २०७४ सालको संघिय निर्वाचनमा तनहुँको चुनाबी कमान्डरको रुपमा ४ प्रदेश निर्वाचन क्षेत्र र २ संघिय निर्वाचनमा वाम उम्मेदवारलाई जिताउन सफल रहे ।

स्पष्ट अडान र विचारमा अडिग सिग्देल आर्दशको राजनिती गर्न रुचाउँछन् । नैतिक मुल्य, मान्यता र लोकतन्त्रमा जनताको आवश्यकतालाई नै सर्वोपरि ठान्ने सिग्देल २०७४ सालमा भएको तनहुँ क्षेत्र नं २ का निर्वाचित सासंद समेत हुन् ।

सासंद भएर कुशलतापुर्वक जिम्मेवार वहन गरेका सिग्देलले आफनो निर्वाचन क्षेत्रमा विकास निर्माण र जनतासँगको सम्वन्ध प्रगाढ बनाएका छन् । राजनिती देश र जनताका सेवामा हुनुपर्ने आर्दश वोकेका सिग्देल हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन् ।

कानुनमा स्नातक र राजनितीशास्त्रमा स्नातोकोत्तर गरेका सिग्देल आदर्शबादी कम्युनिष्ट नेताको पयार्यको रुपमा चित्रित छन् । राजनितीमा नै जीवन सर्मपण गरेका सिग्देल फुर्सदमा कृषि कर्ममा रमाउँछन् ।
‘लामो समय राजनैतिक परिवर्तन, त्यसको नेतृत्व र जीवन नै यसैमा विताएको छु,’ प्रदेश अध्यक्षका प्रत्यासी सिग्देलले भने ‘प्रदेशका अन्य जिल्लाको साथीहरुको साथ सहयोगले नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्ष बनेर पार्टीलाई थप सुढृढ वनाउँदै सुखी नेपाली समृद्ध नेपाल वनाउने अभियानमा लाग्छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र