डेंगु रोकथामको लागि व्यासको पहल

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

तनहूँको व्यास नगरपालिकाले दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि आफनो स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाइएको छ । नगरपालिकाले मङ्गलबारदेखि अस्पतालमा पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

‘अहिले डेंगुका बिरामीले अस्पतालमा दैनिक बिरामीको संख्या बढेको छ, त्यहाँको जनशक्तिले धान्न नसक्ने अवस्था आएकाले तत्कालको लागि हामीले उक्त अस्पतालमा स्वास्थ्यकर्मी खटाएका हौं ।’ नगरप्रमुख न्यौपानेले भने ।

नगरपालिकाले एक जना डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गरेको न्यौपानेले बताए । त्यस्तै नगरपालिकाले विद्यालयमै पुगेर विद्यार्थीहरुलाई डेंगु सम्बन्धी सचेतना कार्यक्रम गर्न सुरु गरेको छ ।

पछिल्लो समय डेंगुको प्रकोप बढ्दै गएपछि नगरपालिकाले विद्यालयमै गएर डेंगु रोग नियन्त्रण र रोकथाम अभियानलाई तीव्रता दिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । सोतीले डेंगु नियन्त्रण रोकथामका लागि विषादी छर्कने गर्दा मानव स्वास्थ्यमा हानि गर्ने भएपछि स्वास्थ्य सम्बन्धी विभिन्न सचेतना मूलक कार्यक्रमलाई जोड दिएको बताए ।

उनले भने, ‘विभिन्न विषादी छर्कदा मानव स्वास्थ्यलाई हानी हुने देखियो, त्यसैले हामीले सचेतना मुलक कार्यक्रमलाई जोड दिएका छौं ।’ जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको टोली सहित विद्यालयमै पुगेर डेंगु रोग सम्बन्धी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा विद्यार्थीलाई सचेतना गराईएको सोतीले बताए ।

स्वास्थ्य शाखा प्रमुख सोतीले टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र