यस्तो बन्यो गन्डकीमा अधिकारी र शर्माको प्यानल

Devghat Online

शेयर गरौ

पोखरा, असोज १७

पोखरामा जारी नेकपा एमालेको प्रथम गण्डकी प्रदेशको अधिवेशनमा नेतृत्व चयनमा सहमति नहुने भएको छ । सहमतिको कुनै प्रयास नै नगरेका नेताहरु प्यानल बनाएर उम्मेदवारी दिने कुरालाई नै प्राथमिकता दिएका छन् । प्यानल बनाएर उम्मेदवारी दिए उम्मेदवारी नै खारेज गर्ने नेतृत्वको चेतावनीको बाबजुद शिर्ष नेताहरु नै प्यानल बनाउन लागि परेका छन् ।

उपमहाचिव तथा गन्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीको बिगतदेखीको राजनीति टसल यसपटक गन्डकी प्रदेशको अधिवेशनमा छताछुल्ल भएको छ । दुबै समुहले एक अर्काको अस्तित्व स्विकार्न नसकेपछि नेतृत्व चयनमा सहमति जुट्ने सम्भावना सकिएको हो । अधिकारीलाई पार्टी महासचिव शंकर पोख्रेल र गुरुङलाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको बताईएपनि त्यसको पुष्टि भएको छैन ।

निर्वाचन कार्यक्रम अनुसार अहिले उम्मेदवारी दर्ता भईरहेको छ । उपमहासचिव गुरुङको समर्थनमा हालका प्रदेश अध्यक्ष नवराज शर्माले अध्यक्षमा उम्मेदवारी दर्ता गराउने भएका छन् भने स्थायी समिति सदस्य अधिकारीको समर्थनमा केन्द्रीय सदस्य मायानाथ अधिकारीले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अधिकारी यसअघि उपमहासचिव गुरुङ निकट थिए । यसअघि गुरुङ निकट रहेका नेताहरु जगत विक, रामशरण बस्नेत, राजिव पाहारी, गोबिन्द नेपाली लगायत यसपटक अधिकारी निकट भएका छन् ।

शर्माको समुहबाट उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनन्जय दवाडी तथा उपसचिवमा कास्कीका दामबहादुर विक र पर्वतकी मन्जु अधिकारीले उम्मेदवारी दिने भएका छन् भने अधिकारीको समुहबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिव म्याग्दीमा सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवारी दिने पक्का भएको छ ।

गुरुङ र अधिकारी बाहेक गन्डकीमा सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको छुट्टै र प्रभावशाली गुट रहेको छ । उक्त समुहमा स्थायी कमिटी सदस्य किरण गुरुङ, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायत छन् । उक्त समुहले जसलाई समर्थन गर्यो गन्डकीमा त्यहि बिजयी हुने निश्चित छ । उक्त समूह हालसम्म कतै पनि खुलेको छैन ।

नेतृत्व चयनको लागि बुधबार सांझ ५ बजेबाट निर्वाचन हुनेछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु