अर्थमन्त्री महत देवघाटमा, गलेश्वर आश्रमको निरिक्षण (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट, असोज २०

अर्थमन्त्री डा.प्रकाशशरण महत शनिबार विहान तनहुँको पवित्र धार्मिक तिर्थस्थल देवघाट आएका छन् ।

भरतपुर विमानस्थलबाट दासढुङ्गा हुँदै देवघाट आएका अर्थमन्त्री महतलाई दासढुङ्गामा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर, तथा देवघाट गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

देवघाटमा अर्थमन्त्री महतले गलेश्वर आश्रमको निरिक्षण गरेका थिए । गलेश्वर आश्रममा अर्थमन्त्री महतलाई आश्रमका व्यवस्थापक विष्णुदेवानन्द गिरी, उपाध्यक्ष अद्वैतानन्द गिरी, आश्रमका कार्यालय सचिव महेन्द्र प्याकरेल लगायतले स्वागत गर्दै आश्रमको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम अगाडीको पहिरो निरिक्षण गरेका थिए । पहिरोले आश्रमकै अस्तित्वमा संकट परेको हुँदा पहिरो नियन्त्रणको लागि बजेट विनियोजन गर्न आश्रमका पदाधिकारी तथा गाउँपालिकाका अध्यक्ष थापाले अर्थमन्त्री महतलाई अनुरोध गरेका थिए ।

निरिक्षण पछि अर्थमन्त्री महतले पहिरो नियन्त्रणकोलागि बजेट उपलब्ध गराउने आश्वासन दिएका थिए ।

गलेश्वर आश्रममा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट प्रमुख धार्मिक गन्तव्य भएको हुँदा धार्मिक पर्यटनको माध्यमलाई देवघाटको विकास गर्न सकिने बताए । देवघाटको धार्मिक सम्पदाहरुको संरक्षण र प्रबद्र्धनकोलागि संघीय सरकारबाट आवश्यक बजेटको व्यवस्था गर्ने पनि अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने