बारा, असोज २१
पुर्व मन्त्री तथा बारा–४ का संघीय संसाद तथा नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानको पहलमा पहलमा मेची–महाकाली समाजवादी जागरण अभियान अन्तर्गत बारा निर्वाचन क्षेत्र नं ४ मा विभिन्न पार्टीमा आबद्ध रहेका करिब २ हजार व्यक्ति नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।



बिहीबार र शुक्रवार आयोजना भएको छुट्टाछुटै कार्यक्रममा बारा–४ बाट विभिन्न पार्टीमा आबद्ध भएका करिब २ हजार नेता तथा कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेको श्रेष्ठले जानकारी गराए । बारा ४ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका सन्तोष कुशवाहको नेतृत्वमा जीतपुर सिमरा वडा नं ८ का निवर्तमान वडाध्यक्ष रामबाबु पटेल, समाजसेवी आशा दाहाल पार्टी प्रवेश गरेका थिए । त्यस्तै, वडा नं २१ अम्लेखगञ्जमा मानबहादुर विकको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता बढी छन् । सो अवसरमा सांसद श्रेष्ठले अगामी ४ वर्षपछि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले एक्लैले चुनाव जित्ने गरी जनताको विकासको काम गर्ने बताए । उनले पार्टी प्रवेश गर्ने सबैलाई ससम्मान संगठित रुपमा पार्टी कमिटिभित्र समेटेर लैजाने बताए ।
श्रेष्ठले पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) तर्फ आमजनताको आशा र विश्वास बढ्दै गएको र मेची महाकाली समाजवादी जागरण अभियान अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ४ मा बिहिबार र शुक्रबार भएको बेग्ला–बेग्लै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ हजारभन्दा बढी व्यक्ति हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको बताए ।
पार्टी प्रवेश गर्नेहरुलाई अन्तर्मन देखि नै स्वागत गर्न चाहन्छु भन्दै श्रेष्ठले जुन विश्वास गरेर हाम्रो पार्टीलाई रोज्नुभएको छ त्यो विश्वासलाई कहिल्यै डगमाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, पार्टी प्रवेश गर्ने सबैलाई स–सम्मान संगठित रुपमा पार्टी कमिटिभित्र समेटेर लैजाने विश्वास दिलाउने श्रेष्ठले जानकारी गराए ।
कार्यक्रममा नेकपा एसकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले पार्टी प्रवेश गरेका युवाहरुलाई रोजगारी र सीपसँग जोड्न सके मात्रै पार्टी बलियो हुँदै जाने बताइन् । पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, घनश्याम भुषाल, उपमहासचिव विजय पौडेल, सचिव नागेन्द्र चौधरी लगायतको उपस्थिति थियो ।












