प्रदेश कमिटि सदस्य बन्न खोज्दा राना, गुरुङ र वाग्लेले गुमाए एमाले जिल्ला कमिटि सदस्य पद

Devghat Online

शेयर गरौ

दमौली, असोज २१

नेकपा एमालेको गन्डकी प्रदेश कमिटिको सदस्य बन्न खोज्दा एमाले तनहुँ जिल्ला कमिटिका सदस्यहरु रनबहादुर राना, रणबहादुर गुरुङ र फुलमाया वाग्लेले जिल्ला कमिटिको सदस्य पद पनि गुमाएका छन् ।

तिनै जना प्रदेश कमिटिको सदस्यमा चुनाव लडेर पराजित भएका थिए । एउटा कमिटिको सदस्य बहाल रहिरहँदा अर्काे कमिटिमा चुनाव लडेपछि त्यो पद गुम्ने एमालेको निर्णय अनुसार जिल्ला कमिटि सदस्य रहेका राना, गुरुङ र वाग्लेले जिल्ला सदस्य गुमाएका हुन् ।

जिल्ला कमिटि सदस्य रहेका भिमादका मेखबहादुर थापा, बाबुराम सुनार र म्याग्देकी रत्ना घिमिरे भने प्रदेश कमिटि सदस्यमा निर्वाचित भएका छन् । माथिल्लो कमिटिमा निर्वाचित भएपछि थापा, सुनार र घिमिरेको जिल्ला कमिटि सदस्य पनि रिक्त भएको छ । त्यस्तै भानु नगर कमिटिका अध्यक्ष रहेका प्रेम राना पनि प्रदेश कमिटि सदस्यमा निर्वाचित भएका कारण उनको पद पनि रिक्त भएको छ ।

त्यसबाहेक अन्य प्रदेश कमिटिमा निर्वाचित भएका र पराजित भएकाहरु सबै यस अघि पनि प्रदेश कमिटिकै सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा