लोकतान्त्रिक तमु संघ तनहुँको अध्यक्षमा इन्द्रबहादुर

Devghat Online

शेयर गरौ

दमौली, असोज २४

लोकतान्त्रिक तमु संघ तनहुँको अध्यक्षमा इन्द्रबहादुर गुरुङ चयन भएका छन् । संघको बुधबार सम्पन्न प्रथम अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कमिटिको उपाध्यक्षहरुमा चवलबहादुर गुरुङ र खिनबहादुर गुरुङ, सचिवमा ममिता गुरुङ तथा उपसचिवहरुमा मनकुमार गुरुङ र कृष्णबहादुर गुरुङ तथा कोषाध्यक्षमा भिमाया गुरुङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रुपा गुरुङ, शमशेर गुरुङ, लोकबहादुर गुरुङ, बलबहादुर गुरुङ, कृष्ण बहादुरर गुरुङ, लक्ष्मण गुरुङ, विष्णुमाया गुरुङ, बेलबहादुर गुरुङ, रेखा राना गुरुङ, मिन गुरुङ, अकल गुरुङ र गणेश गुरुङ चयन भएका छन् ।

लोकतान्त्रिक तमु संघका केन्द्रीय सदस्य एवं प्रथम अधिवेशन आयोजक कमिटिका संयोजक रणबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गन्डकी प्रदेश सभाका सदस्य बेदबहादुर गुरुङ, नेकपा एमाले केन्द्रीय सल्लाहाकार एकबहादुर राना, एमाले जिल्ला कमिटि तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, एमाले गन्डकी प्रदेश कमिटिका सदस्य रामबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव होम बहादुर गुरुङ, महासंघका केन्द्रीय सदस्य बसुन्धरा घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन ममिता गुरु गुरुङले र स्वागत अक्कल विरही गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग