कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

Devghat Online

शेयर गरौ

बिराटनगर, असोज २७

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदहरूले समर्थन गरेका थिए । कोशी प्रदेशमा बहुमतको लागि ४७ सांसदको आवश्यकता पर्छ । ४७ सांसदहरूले शनिबार बिहान प्रदेश प्रमुखको कार्यालयमा गई कार्कीको पक्षमा सनाखत गरेका थिए ।

यस अघिका मुख्यमन्त्री एमालेका हिक्मत कार्कीले विश्वासको मत नपाउने भएपछि गत असोज २० गते राजिनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका