कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

Devghat Online

शेयर गरौ

बिराटनगर, असोज २७

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदहरूले समर्थन गरेका थिए । कोशी प्रदेशमा बहुमतको लागि ४७ सांसदको आवश्यकता पर्छ । ४७ सांसदहरूले शनिबार बिहान प्रदेश प्रमुखको कार्यालयमा गई कार्कीको पक्षमा सनाखत गरेका थिए ।

यस अघिका मुख्यमन्त्री एमालेका हिक्मत कार्कीले विश्वासको मत नपाउने भएपछि गत असोज २० गते राजिनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक