सांसद वाग्लेको पहलमा उज्यालो घरलाई ५० हजार प्रदान

Devghat Online

शेयर गरौ

दमौली, असोज २६

व्यास नपा–१० बैरेनीमा रहेको अनाथ बालबालिका बस्ने उज्यालो घरलाई प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेको पहलमा ५० हजार रुपैयाँ प्रदान उपलब्ध गराईएको छ ।

अनाथ बालबालिकाको पोशाक तथा पोषण खानाका लागि सांसद वाग्लेको पहलमा नेको फाउन्डेशनबाट उपलब्ध गराईएको सो रकम शुक्रबार हस्तान्तरण गरियो । उक्त उज्यालो घरलाई १ लाख रुपैयाँ प्रदान गरिने भएकोमा पहिलो चरणमा शुक्रबार पचास हजार प्रदान गरिएको हो ।

रास्वपाका जिल्ला सह संयोजक सुर्यमणी पौडेल, जिल्ला नेताहरु विश्व बास्तोला, डा.शेषरमण न्यौपाने, चुडामणी दाहाल लगायतले उज्यालो घरका सन्चालहरुलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा