देवघाट युवा तथा खेलकुद समितिको अध्यक्षमा फेवालीे

Devghat Online

शेयर गरौ

देवघाट, असोज २८

देवघाट गाउँपालिकाको युवा तथा खेलकुद समितिको अध्यक्षमा अमर फेवाली चयन भएका छन् । समितिको आइतबार देवघाटमा भएको प्रथम अधिवेशनबाट फेवालीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरियो ।

समितिको उपाध्यक्षमा योगेन्द्र गुरुङ र अनिल मिश्र, सचीवमा भक्त बहादुर थापामगर तथा उपसचिवहरुमा सनिल थापा र इन्द्रबहादुर राना तथा कोषाध्यक्षमा गणेशबहादुर गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विक्रम गुरुङ, हेमन्त पौडेल, नारयणबहादुर अधिकारी, सुजन गुरुङ, गणेश तिवारी र उमेश आले चयन भएका छन् ।

सो अधिवेशनको देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए । देवघाट खेलकुँद विकास समितिका अध्यक्ष शुकु गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष भुवन सिहं गुरुङ, प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर, गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु बुद्धिबहादुर पाण्डे, कमला गुरुङ, यम बहादुर मगर, देवघाट ईलाका प्रहरी कार्यालय प्रमुख कृष्ण बानियाँ, गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त, देवघाट वडा नम्बर ५ खेलकुद समितिका अध्यक्ष खेम बहादुर राना लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले