दमौली, कार्तिक ३
कम्प्युटर एसोसिएसन महासंघन नेपाल (क्यान महासंघ) तनहुँले शुक्रबार दशैं तिहार एबम् छठ पर्वको अवसरमा व्यास नपा–५ पाटनमा रहेको जेष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग गरेको छ ।



महासंघले जेष्ठ नागरिक आश्रमका वुवा आमासँग शुभकामना आदान प्रदान कार्यक्रम समेत गर्दै आश्रमकालागि आवश्यक खाद्यान्न तथा आश्रममा पालिएका पशु चौपायाको लागि २ बोरा दाना समेत सहयोग गरेको थियो ।
कम्प्युटर एसोसिएसन महासंघन नेपाल तनहुँका अध्यक्ष विश्वप्रकाश भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय सदस्य तुल्सीराम पाण्डेले जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराएका थिए ।