देवघाटको मुक्तिनाथ मन्दिरमा चोरी गर्दागर्दै समातिए ढुङ्गाना

Devghat Online

शेयर गरौ

विष्णु पान्डे
देवघाट, कार्तिक ५

देवघाट गाउँ पालिका-५ स्थित मुक्तिनाथ मन्दिरमा भगवानको मुर्तीहरु चोरी गर्दैगर्दा चितवन आँपटारीका २३ बर्षिय प्रकाश ढुङ्गाना पक्राउ परेका छन् ।

शनिबार साँझ ५ बजेको समयमा मन्दिरको सिसा फोडी मूर्तिहरु बाहिर फाल्दै गरेको अवस्थामा गाउँलेहरुले मन्दिर घेरा हालेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मन्दिर भित्रपसी बाथरुमबाट ढुङ्गानालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाले बताए ।

ढुङ्गानाले मन्दिर भित्र रहेको शिव पार्वती, विष्णु, राम लक्ष्मण र हनुमानको चारवटा मुर्ती चोरेर मन्दिर बाहिर फालेका थिए ।

पक्राउ परेका ढुङ्गानालाई थप अनुसन्धानको सोमबार इलाका प्रहरी कार्यालय आबुँखैरेनी पठाईने इप्रका देवघाटका प्रमुख सई बानियाँले बताए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव

नयाँ वर्ष २०८१ सुरु

देवघाट, बैशाख १ शनिबारदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई घिरिङमा स्वागत

अन्जान परियार घिरिङ, चैत ३० नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई घिरिङ गाउँपालिकामा स्वागत गरिएको छ

रास्वपा देवघाटद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

देवघाट, चैत ३० राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका कमिटिको आयोजनामा नव वर्ष २०८१ को शुभ