देवघाटमा वडा स्तरमा योजना सम्झौता र अभिमुखीकरण हुने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १५

देवघाट गाउँपालिकाले वडा स्तरबाट योजनाहरुको सम्झौता र योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण गर्ने भएको छ । गाउँपालिकाका पाँच वटै वडामा गई योजना सम्झौता गरि उपभोक्ता समितिलाई योजना कार्यान्वयनकोलागि अभिमुखीकरण तालिम दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

चालु आर्थिक वर्ष ०८०÷८१ मा विभिन्न वडामा कार्यान्वयन हुने योजनाको सम्झौता तथा योजना सन्चालन सम्बन्धमा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम तथा अन्तरक्रिया समेत गर्नको लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सम्बन्धित शाखाका कर्मचारीहरु समेतको सहभागितामा कार्यक्रम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

त्यसकोलागि गाउँपालिकाले सबै वडामा मिति समेत तोकेको छ । वडा नम्बर १ मा मंसिर २४ गते, वडा नम्बर २ मा मंसिर २५, वडा नम्बर ३ मा मंसिर २६, वडा नम्बर ४ मा मंसिर २८ र वडा नम्बर ५ मा मंसिर २९ गते अभिमुखीकरण र योजना सम्झौता गरिने छ ।

उक्त कार्यक्रममा आउँदा योजना सम्झौताको लागि उपभोक्ता भेला, समिति गठन, वडाको सम्बन्धीत प्राविधिकबाट इष्टमेट तयारी, उपभोक्ता समितिले बेहोर्नु पर्ने तोकिए बमोजिमको लागत सहभागिता लगायतका सबै प्रक्रिया पुरा गर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक