देवघाट सामुदायिक सिकाई केन्द्र तथा सार्वजानिक पुस्तकालयको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १५

देवघाट गाउँपालिकाका–५ स्थित देवघाट सामुदायिक सिकाई केन्द्रको १० औं तथा देवघाट सार्वजनिक पुस्तकालयको १९ औँ बार्षिक साधारण सभा शुक्रबार नेपाल रेडक्रस सोसाईटी देवघाटको कार्यालयमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले देवघाट सार्वजनिक पुस्तकालयलाई अघि बढाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । पुस्तकालय भवन निर्माणको लागि देवघाट गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा १० लाख रुपैया बजेट बिनियोजन गरिएको र चालु आर्थिक वर्षमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा उपाध्यक्ष गुरुङले पुस्तकालयको भवन निर्माणकोलागि आफ्नो ब्यक्तिगत तर्फबाट १५ हजार १ सय १५ रुपैयाँ सहयोग गरेका थिए । साथै उनले अन्य व्यक्ति तथा संघ संस्थालाई पनि पुस्तकालय भवन निर्माणमा सहयोग गर्न अनुरोध गरे ।

सो कार्यक्रमका देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पूर्ण वहादुर कुँवरले पुस्तकालयको भवन निर्माणकोलागि वडाको तर्फबाट २ लाख रुपैया बजेट बिनियोजन गरिएको जानकारी दिए । वडा अध्यक्ष कुँवरले पुस्तकालयलाई आवश्यक परेको अन्य सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नम्बर ५ का कमला गुरुङ, देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने, कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पैडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन पुस्तकालयका सचिव फणिन्द्र प्रसाद पौडेलले गरेका थिए । साथै सिकाई केन्द्रको आर्थिक आय व्यय देवघाट सार्वजनिक पुस्तकालयका सदस्य अर्जुन अधिकारीले प्रस्तुत गरेका थिए भने पुस्तकालयको बार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष महेन्द्र प्याकुरेलले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय