देवघाट, मंसिर २१
देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरु सहकारीका उद्यमी महिला शेयर सदस्यहरुको घर÷घरमा गई उनीहरूको व्यवसायको बारेमा जानकारी लिएका छन् ।
सहकारी संस्थाबाट कर्जा लिएर विभिन्न उद्यम गरेका शेयर सदस्यहरुको उद्यम तथा व्यवसायको अवस्था तथा महिला उद्यमीहरुको समस्याको बारेमा जानकारी लिन घर दैलो अभियान गरिएको सहकारीकी व्यवस्थापक संगिता ओझाले बताइन् ।
घर दैलो अभियानको क्रममा सहकारीको कर्जाको सदुपयोगको अवस्था अनुमगन तथा कर्जाको सममै सावा र व्याज भुक्तानीको लागि पनि अनुरोध गरिएको ओझाले बताइन् ।
संस्थाको सञ्चालक समिति तथा ऋण उप समितीका सदस्यहरु एवं कर्मचारीहरुले संस्थाका उद्यमी शेयर सदस्यहरुसँग घरदैलो कार्यक्रम (भेटघाट ) गरिएको र यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने सहकारीकी अध्यक्ष तारादेवी पन्तले जानकारी दिइन् ।