९ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ७० बर्षिय बृद्ध पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २७

९ बर्षिया बालिकालाई बलात्कार गरेकोमा आरोपमा प्रहरीले शुक्लागन्डकी नपा–७ का ७० बर्षिय रनबहादुर सारुलाई मंगलबार पक्राउ गरेको छ । आरोपितले गत मंसिर पहिलो साता बालिकालाई बलात्कार गरेको भन्दै पीडितका अभिभावकले मंसिर २६ गते मंगलबार इलाका प्रहरी कार्यालय बेलचौतारमा उजुरी दिएका थिए ।

बालिकाको मंगलबार नै दमौली अस्पतालमा स्वास्थ्य परिक्षण भएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्चार्ज इन्स्पेक्टर गणेश सुवेदीले बताए । बालिकाले विद्यालयमा साथीहरुसँग पेट दुख्यो भनेपछि अभिभावकले सोधपुछ गर्दा आफुलाई रनबहादुरले बलात्कार गरेको जानकारी दिएपछि स्थानीय बासिन्दाले आरोपित रनबहादुरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

आरोपितलाई जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धानकोलागि इप्रका बेलचौतारामा हिरासतमा राखिएको इन्चार्ज उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता