व्यासका शिक्षकलाई स्वास्थ्य पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २७

व्यास नगरपालिकाले विद्यालयका स्वास्थ्य शिक्षकहरुलाई स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा नगर भित्र रहेका निजि तथा सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकलाई मंगलबार र बुधबार गरि दुई दिन तालिम प्रदान गरिएको हो ।

विद्यालयबाट प्रदान गरिने आधारभुत स्वास्थ्य तथा पोषणका सेवाहरु प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग तथा समन्वय गर्नको लागि तालिम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार तालिम प्रदान गरि सकेपछि बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउनेको साथै शारीरिक, मानसिक, शैक्षिक, बौद्धिकको विकास हुने अपेक्षा गरिएको छ ।

उक्त तालिममा नगरपालिका भित्र रहेका निजि तथा सामुदायिक विद्यालयका २० जना स्वास्थ्य शिक्षक तथा प्रध्यानध्यापकहरुको सहभागिता रहेको थियो । तालिममा नगरपालिकाको वरिष्ठ अस्पतााल नर्सिङ निरिक्षक कल्पना दाहाल र जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान