व्यासका शिक्षकलाई स्वास्थ्य पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २७

व्यास नगरपालिकाले विद्यालयका स्वास्थ्य शिक्षकहरुलाई स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा नगर भित्र रहेका निजि तथा सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकलाई मंगलबार र बुधबार गरि दुई दिन तालिम प्रदान गरिएको हो ।

विद्यालयबाट प्रदान गरिने आधारभुत स्वास्थ्य तथा पोषणका सेवाहरु प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग तथा समन्वय गर्नको लागि तालिम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार तालिम प्रदान गरि सकेपछि बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउनेको साथै शारीरिक, मानसिक, शैक्षिक, बौद्धिकको विकास हुने अपेक्षा गरिएको छ ।

उक्त तालिममा नगरपालिका भित्र रहेका निजि तथा सामुदायिक विद्यालयका २० जना स्वास्थ्य शिक्षक तथा प्रध्यानध्यापकहरुको सहभागिता रहेको थियो । तालिममा नगरपालिकाको वरिष्ठ अस्पतााल नर्सिङ निरिक्षक कल्पना दाहाल र जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता