मस्र्याङदी करिडोरका स्थानिय तहहरुको अन्तरपालिका समन्वय बैठक बन्दीपुरमा सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस ९

मस्र्याङदी नदी करिडोर अन्तर्गतका स्थानिय तहहरुको अन्तरपालिका समन्वय बैठक आइतबार तनहुँको बन्दिपुर गाउँपालिकामा सम्पन्न भएको छ ।

मस्र्याङदी नदी करिडोर समन्वय समितिमा तनहुँ, लमजुङ र गोरखाका ८ वटा स्थानिय तहहरु समावेश रहेका छन् । जसमा तनहुँका भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र आबुँखैरेनी गाउँपालिका रहेका छन् । यस्तै लमजुङको वेशिसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका र दोर्दी गाउँपालिका रहेका छन् भने गोरखाको पालुङटार नगरपालिका रहेको छ ।

मस्र्याङदी नदी करिडोर समन्वय समितिका संयोजक एवं भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा करिडोर अन्तर्गतका स्थानिय तहहरुकोे प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत वडाध्यक्ष लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

मस्र्याङदी नदी अन्तर्गतका पालिकामा पर्यटनको प्रबर्धन र सम्भाब्यता अध्ययनको लागि तपसिल अनुसार मस्र्याङदी कोरिडोर पर्यटन उपसमिति गठन गर्ने निर्णय गरेको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको सो उपसमितिमा राईनास नगरपालिकाका प्रमुख खड्क बहादुर गुरुङ्ग र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा सदस्य रहेका छन् ।


यस्तै बैठकले मस्र्याङदी नदी कोरिडोरका स्थानीय तहहरु भित्र सिसाजन्य फोहोर मैलालाई दुई वा दुई भन्दा बढी पालिकाहरुलाई पायक पर्ने उपयुक्त स्थान छनोट गरि लगानी साझेदारी को माध्यमबाट ब्यबस्थापन गर्ने समेत निर्णय गरेको छ ।

मस्र्याङदी नदी करिडोर अन्तर्गत लमजुङको मस्र्याङदी गाउँपालिकालाई पनि समावेस गर्ने र अन्यपालिकासंग पनि आगामी दिनमा समन्वय गरी सहकार्य गर्ने निर्णय भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । कोरिडोर अन्तर्गतका स्थानिय तहहरु बिच ३÷३ महिनामा संयुक्त बैठक बस्नेछ । आगामी बैठक फागुन १२ गते बेशिशहर नगरपालिकामा बस्ने निर्णय गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू