एमाले अध्यक्ष ओली शुक्रबार चितवन आउने

Devghat Online

शेयर गरौ

चितवन, पुस १२

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवन आउने भएका छन् । चितवनको कालिका नगरपालिकामा रहेको भीमोदय माविको स्वर्णमहोत्सव समारोहमा सहभागी हुनका लागि अध्यक्ष ओली चितवन आउन लागेका हुन् ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले दिएको जानकारी अनुसार अध्यक्ष ओली पुस १३ गते शुक्रबार विहान ११ बजे भरतपुर विमानस्थल आइपुग्ने र त्यसपछि कालिका नगरपालिका जाने कार्यक्रम तय भएको छ । कालिका नगरपालिका खोलेसिमलमा कार्यकर्ता भेटघाटमा सहभागी भएपछि अध्यक्ष ओली विद्यालयको स्वर्ण महोत्सव समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

पूर्व प्रधानमन्त्री ओलीले विद्यालयमा बनेको स्वर्णद्धार उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको छ । स्वर्ण महोत्सव समारोहको दिन बाजागाजासहित विभिन्न जातजातिका झाँकी निकाल्ने तयारी छ ।

सो अवसरमा २५ हजार भन्दा बढी चन्दादिने दाताहरुलाई सम्मानगर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालय संस्थापक, संस्थापक शिक्षक, पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मानगर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म