एमाले भानु नगरको बैठक सम्पन्न, भेला र प्रशिक्षण चलाउने

Devghat Online

शेयर गरौ

दमौली, पुस १२

नेकपा एमाले भानु नगर कमिटिको बैठक विहिबार सम्पन्न भएको छ । नगर कमिटिका कार्यवहाक अध्यक्ष दलनारयण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो बैठकले विभिन्न वडामा भेला र प्रशिक्षणका कार्यक्रमहरु सन्चालन गर्ने निर्णय गरेको छ ।

साथै सदस्यता वितरण, सदस्यता नविकरणको काम पनि यही अवधिमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा नगर कमिटिका सदस्य तथा विभिन्न वडाका अध्यक्षहरुले वडाको रिर्पाेटिङ गरेका थिए ।

बैठकमा एमाले प्रदेश कमिटिका सदस्य रामबहादुर गुरुङ, प्रेम राना, जिल्ला कमिटिका उपसचिव प्रदिपराज अधिकारी, सचिवालय सदस्य शंकर रानाभाट तथा जिल्ला कमिटिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास