गृहमन्त्रीसँग प्रधानमन्त्री दाहालले लिए बालकुमारी घटनाबारे जानकारी

शेयर गरौ

 

काठमाडौं ।  कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागि गराउन शुक्रबार गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घट्नाबारे प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी लिएका छन् ।

आज बिहान उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर उनले शुक्रबार भएको घटनाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीको ब्रिफिङ कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका डिआईजी बसन्त कुंवर, सशस्त्रका डिआईजी राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थित थिए ।

गृहमन्त्री श्रेष्ठले बालकुमारीमा भएको घटनाबारे छनविन गर्न छानविन समिति गठन गरिएको जानकारी दिएका थिए ।

उक्त घटनामा  घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो भने दजनौं घाइते भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर