मकरस्नान महोत्सवको तयारी तिब्रः भरतपुर र नारयणगढमा प्रचार सामाग्री टाँस, सवारी साधनमा पनि प्रचार सामाग्री

Devghat Online

शेयर गरौ

देवघाट, पुस १९

भरतपुर महानगरपालिका–१ चितवन देवघाटधाममा रहेको सीताराम संस्कृत माविको आयोजनामा यही पुस २७ गतेदेखी हुने मकरस्नान महोत्सव २०८० को तयारी तिब्र पारिएको छ । सीताराम संस्कृत माविको सर्वाङ्गिण विकासकोलागि पुस २७ गतेदेखी माघ २ गतेसम्म त्रिशुली कालिगन्डकी वेणीसंगम देवघाटधाममा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव हुने भएको छ ।

सो महायज्ञ एवं मकरस्नानको तयारीको क्रममा विभिन्न उपसमितिहरु गठन भई कार्य आरम्भ भईसकेको र अहिले आन्तरिक तयारी तथा पत्राचार तथा प्रचारको काम भईरहेको महायज्ञ आयोजकले जनाएको छ । प्रचार अन्तर्गत चितवनको भरतपुर र नारयणगढ बजार क्षेत्रमा प्रचार सामाग्रीहरु टाँस गरिएको छ ।

भरतपुरको चौबिसकोठी तथा नारयणगढको पोखराबसपार्क, पुल्चोक, शहिद चोक, लायन्स चोक आपँटारी लगायतका क्षेत्रमा प्रचार सामाग्रीहरु टाँसिएको छ । साथै देवघाट तथा नारयणगढ र भरतपुर क्षेत्रमा चल्ने साना सवारी साधनहरु म्याजिक र अटोमा पनि महोत्सवको प्रचार सामाग्री टाँगिएको छ । यसैगरि आन्तरिक प्रचार प्रसार तथा प्रचार प्रसारको काम पनि भईरहेको विद्यालयका सहायक प्रअ एवं सचिवालय संयोजक अर्जुन पाण्डेयले जानकारी दिए ।

महोत्सवको अन्तर्गत पुस २७ गते विहान ११ बजे कार्यक्रमको उद्घाटन हुनेछ । त्यसअघि विहान ८ बजे कलशयात्रा निकालिने कार्यक्रम रहेको छ ।

पुस २८ र २९ गते कथावाचन, दाता सम्मान तथा माघ १ गते सामुहिक ब्रतबन्ध तथा माघ २ गते दातासम्मान र समापन कार्यक्रम गरिनेछ । उक्त पाँचैदिन कथावाचन, दातासम्मान, भक्तिसंगीत, साँझमा पुजा आरतीको कार्यक्रम रहेको छ । उक्त महायज्ञमा दान दिने दाताहरुलाई रकम अनुसारको सम्मान गरिने छ । आवासीय छात्रावास समेत सञ्चालन गर्दै आएको उक्त विद्यालयकोे संस्कृत शिक्षा तथा समग्र पक्षको स्तरोन्नति गर्नका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिन लागिएको विद्यालयका प्रअ पोदराज पौडेल बताए ।

२०३५ सालमा ब्रह्मलिन बाबा डिल्लीराम ब्रह्माचारीद्वारा स्थापना गरिएको उक्त संस्कृत मावि चितवन जिल्लाको एक मात्र संस्कृत विषयमा पठनपाठन हुने सामुदायिक विद्यालय हो । उक्त विद्यालयमा हाल कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत विषयमा पढाइ हुने गर्दछ । उक्त विद्यालयमा आवासीय छात्रावास पनि सन्चालन भईरहेको छ ।

हरिहर सन्यास आश्रमका पीठाधीश, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश महामन्डलेश्वर स्वामी आत्मनन्द गिरि एवं महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको प्रमुख संरक्षकत्वक र विश्वविख्यात कथावाचक श्री इश्वरकृष्ण माहाराजको प्रमुख बाचकत्वमा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृ उद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव हुने विद्यालयका सहायक प्रअ एवं सचिवालय संयोजक पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको