अबैध क्रसर उद्योगमा बन्दीपुरको ताला

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस १९

बन्दिपुर गाउँपालिकाले अनुमति नलिइ चलाइएको अवैध क्रसर उद्योगमा ताला लगाइदिएको छ । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ सारङघाटमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रसर उद्योगमा गाउँपालिकाले बिहिबार ताला लगाइदिएको हो ।

यस अघि पनि पटक पटक गाउँपालिका र जिल्ला प्रशासन कार्यलयले उक्त क्रसर उद्योग बन्द गराएको थियो । लुकिछिपि रातको समयमा समेत चोरी निकासी गरेको पाएपछि गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा नम्बर ६ का वडाध्यक्ष वलबहादुर गुरुङ लगायत वडाका जनप्रतिनिधिहरु, नेपाल प्रहरी सहितको टोलीले क्रसर उद्योगमा ताला लगाएका हुन् ।

अबैध रुपमा उक्त क्रसर उद्योग सन्चालन गरेको भेटिएपछि ताला लगाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उनले फेरी पनि उक्त क्रसर सन्चालन गरेको भेटिए कानुनी कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष