भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ मा हुने

Devghat Online

शेयर गरौ

भरतपुर, पुस २०

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिखमा हुने भएको छ ।

भरतपुर महानगरपालिकाको शुक्रबार बसेको ९० औँ कार्यपालिका बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै सन् २०२४ भर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । यो निर्णय आगामी १४ औँ नगर सभाले अनुमोदन गर्ने छ ।

यस अघि भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ तारिख उद्घाटन गर्ने कार्यक्रम स्थगन गरिएको थियो । भरतपुरको मुख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ बुटवल सडकखण्डलगायतका सडक तीब्र निर्माणको चरणमा रहेकाले केही समयपछि भ्रमण वर्ष सार्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग