देवघाटधाम जेसीजको पदस्थापना सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, पुस २१

देवघाटधाम जेसीजको पद हस्तान्तरण तथा पदस्थापना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

गत पुस १४ गते सम्पन्न अधिवेशनबाट निर्वाचित देवघाटधाम जेसीज–२०२४ को अध्यक्ष लगायतका पदाधिकारीको पदस्थापना भएको हो ।

देवघाटधाम जेसीजको अध्यक्षमा जेसी रघु मल्ल निर्वाचित भएका थिए । कार्यकारी उपाध्यक्षमा जेसी करिष्मा गुरूङ र जेसी सुजन गुरूङ चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा जेसी सन्दीप पोख्रेल, जेसी स्वस्तिका धिताल, जेसी रक्षा कार्की, जेसी शिशिर तिवारी, निर्देशकमा जेसी अजित कुँवर, जेसी प्रद्युम्न प्याकुरेल, जेसी सम्राट अधिकारी र जेसी शुस्मा गुरुङ चयन भएका छन् ।

त्यसैगरि महासचिवमा जेसी प्रशन्न ढकाल, कोषाध्यक्षमा जेसी अर्जुन सुवेदी, कानुनी सल्लाहकारमा जेसी माधव न्यौपाने तथा तालिम आयुक्त पदमा जेसी शिव अधिकारीलाई अध्यक्ष रघु मल्लले मनोनित गरेका थिए ।

सो कार्यसमितिको शुक्रबार पदस्थापना गरिएको हो । सो कार्यक्रममा देवघाटधाम जेसीजका निवर्तमान अध्यक्ष जेसी क्षितिज सापकोटाले वर्ष २०२४ का अध्यक्ष रघु मल्ललाई पद हस्तान्तरण गरि सपथ खुवाएका थिए भने वर्ष २०२४ का निर्वाचित सम्पूर्ण जेसीहरूलाई अध्यक्ष मल्लले सपथ खुवाएका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय फणिन्द्र देवकोटाले नवनियुक्त जेसीहरूलाई हार्दिक बधाई दिदैँ वर्ष–२०२३ का अध्यक्ष जेसी क्षितिज सापकोटाको टिमलाई कार्यकाल सफल बनाएकोमा धन्यवाद दिए ।
आफुले जेसीजको विषयमा देवघाटधामको यसै कार्यक्रमबाट सिकेको बताउदैँ देश बनाउनमा युवाहरूको ठुलो हात हुन्छ भन्दै जेसीजको माध्यमबाट आफ्नो व्यक्तित्व विकास गरि समृद्ध नेपाल निर्माणमा जुट्न अनुरोध गरेका थिए ।

विशिष्ट अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम जेसीजले स्थापना कालदेखि नै समाजमा सकारात्मक कामहरू गर्दै आएको जानकारी गराउदैँ सधै त्यसरी नै अगाडि बढ्न अनुरोध गरेका थिए । समाज परिवर्तन गर्न युवा शक्तिको आवश्यकता रहेको छ भन्दै भविष्यमा देवघाट हाक्ने व्यक्तित्व देवघाटधाम जेसीजबाट निस्किनेछ भन्ने विश्वास समेत लिएको उनले बताए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, वडा सदस्य याम बहादुर मगर, नेपाल जेसीज वर्ष–२०२४ अध्यक्ष रविन पोख्रेल, नेपाल जेसीज वर्ष–२०२० कार्यकारिणी उपाध्यक्ष बिजय गुरूङ लगायतले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू