उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अध्यक्षमा तिन जनाको उम्मेदबारी

Devghat Online

शेयर गरौ

दमौली, पुस २१

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अध्यक्षमा तिन जनाको उम्मेदबारी परेको छ । शनिबार सुरु भएको इकाईको २८ औं बार्षिक साधारण सभा एवं १२ औं अधिवेशन अन्तर्गत निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ राकु, पुर्व उपाध्यक्ष शुकनारयण मल्ल र पुर्व कोषाध्यक्ष बिन्दुकुमार श्रेष्ठले अध्यक्षमा उम्मेदबारी दर्ता गरेका हुन् ।

तिन जना विच सहमती नभएमा आइतबार निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । तनहुँ उद्योग वाणिज्य संघका सात वटा बजार इकाई मध्ये सबैभन्दा धेरै सदस्य रहेको र महत्वपुर्ण बजार इकाई रहेको हुँदा दमौली बजार इकाईको अधिवेशनलाई महत्वका साथ हेरिन्छ । तनहुँ उद्योग वाणिज्य संघको भावि नेतृत्वकोलागि पनि निर्णायक महत्व राख्ने दमौली बजार इकाईको नेतृत्व आफु अनुकुलको बनाउन व्यापारिक नेताहरु लागि परेका छन् ।

अधिवेशनले दमौली बजार इकाईको कार्य समिति र तनहुँ उद्योग वाणिज्य संघको लागि दमौली बजार इकाईबाट सदस्यहरु समेत निर्वाचित गर्नेछ ।

इकाईको अध्यक्षमा उम्मेदबारी दिएका शुकनारयण मल्लले आफु सभापतीमा निर्वाचित भएमा व्यवसायीको हितमा काम गर्ने बताएका छन् । त्यस्तै श्रेष्ठद्वयले पनि आफुले व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

इकाईको साधारणसभाको गन्डकी प्रदेश सभाका सांसद अशोकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै सांसद श्रेष्ठले राज्यले व्यवसायीको पिडालाई सम्बोधन गर्नु पर्ने बताए ।

इकाकाई सभापती भुपाल आलेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य बृषराज श्रेष्ठ, संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, पुर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, पुर्व उपाध्यक्ष इश्वरबहादुर विष्ट, नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल, रास्वपाका नेता विश्व बास्तोला, बजार इकाईका पुर्व अध्यक्ष कुमार मोहन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म