देवघाट, पुस २२
देवघाटमा सन्चालित रेडियो देवघाट १०२.६ मेघाहर्जले विभिन्न कार्यक्रम गरि आफ्नो १३ औं बार्षिकोत्सव मनाउने भएको छ । ‘शान्ति र सदभाव हाम्रो अभियान’ भन्ने मूलनाराका साथ सगरमाथा सन्चार सेवाद्वारा सन्चालित उक्त रेडियोले बार्षिकोत्सवको अवसरमा देवघाटमा फलफुल वितरण, बक्तृत्वकला तथा खेलकुँद प्रतियोगिता गर्ने भएको छ ।
बार्षिकोत्सवमा आयोजना गरिने कार्यक्रमको बारेमा रेडियोले आइतबार देवघाटमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको छ । बार्षिकोत्सवको अवसरमा रेडियोले यही पुस २५ गते देवघाट गाउँपालिका कार्यालय र वडा नम्बर ५ कार्यालयको प्रबद्र्धन र देवघाट युवा तथा खेलकुद विकास संस्थाको प्राविधिक सहयोगमा पुरुष तथा महिला टोलीको सहभागितामा दासढुंगा पूल देखी इलाका प्रहरी कार्यालयको चोकसम्म दौड प्रतियोगिता गर्ने भएको छ ।
त्यसैगरि पुुस २७ गते देवघाट वृद्दाश्रम मा फलफूल बितरण गरिने छ । त्यसैगरि माघ १ गते माघे संक्रान्तिको मेलाको वेणी संगमबाट प्रत्यक्ष प्रसारण गरिने छ भने माघ ५ गते वक्तृत्वकला प्रतियोगिता एवं दौड प्रतियोगिताका विजेता खेलाडी हरुलाई पुरस्कार वितरण गरिने रेडियोका अध्यक्ष विजयराज शर्माले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पत्रकार सम्मेलनमा रेडियोका अध्यक्ष शर्माले रेडियो देवघाटले स्थापनाकाल देखि नै तपोभूमी, पुण्यभूमि देवघधामको महिमा र धार्मिक पर्यटन को प्रबद्र्धन, खेलकुदको विकास, संस्कृत गुरुकुल शिक्षाको विकास तथा सामुदायिक विद्यालयका विद्यार्थीको प्रतिभा प्रस्फुटन लगायतको कार्यक्रम गर्दै आईरहेको बताए ।
रेडियोबाट दैनिक प्रसारण हुने सामाग्रीहरुमा राष्ट्रिय समाचार, स्थानीय समाचार, जनचेतनामूलक सन्देश, मनोरञ्जन आदिबाट आम स्रोताहरु समक्ष दैनिक विहान ४ः५५ बजेबाट रात्रि १० बजेसम्म रेडियोले आफ्नो सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष शर्माले बताए ।
सो कार्यक्रममा प्रमुख अतिथी देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं देवघाट गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले रेडियो देवघाटले १३ औ वार्षिकोत्सब मनाउदै गर्दा खेलकु्दका साथै विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गरेकोमा सकारात्मक कदम रहेको र भविस्यमा पनि स्थानीय आमजनसमुदायसँग प्रत्यक्षरुपमा जोडिदै समुदाय लक्षित कार्यक्रमहरु प्रसारण गर्नु पर्ने बताए ।
रेडियोका अध्यक्ष विजयराज शर्माको अध्यक्षतामा सम्पन्न सो पत्रकार सम्मेलनमा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, वडा नम्बर का ५ सदस्यहरु कमला गुरुङ र याम बहादुर मगर, गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त, पर्यटन एवं विपत व्यवस्थापन शाखा प्रमुख होमबहादुर भारती, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, देवपुर टोल विकास संस्थाका उपाध्यक्ष दधिराम सापकोटा, रेडियोका महासचिव निरन्जन हाडा, कोषाध्यक्ष श्रजना बसौला देवकोटा, बजार प्रबन्धक गोपालचन्द्र न्यौपाने लगायत विभिन्न सन्चार माध्यमका पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।
सो कार्यक्रममा रेडियोका बजार प्रबन्धक गोपालचन्द्र न्यौपानेले बार्षिकोत्सवको अवसरमा सन्चालन गरिने कार्यक्रमको बारेमा जानकारी गराउँदै रेडियोको महत्वको बारेमा प्रकाश पारेका थिए ।