विश्वकप क्रिकेटको तयारी गर्न नेपाललाई भारतले सहयोग गर्ने

शेयर गरौ

काठमाडौं, पुस २०-

नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीको लागि भारतले सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जयशंकरले ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गरेका छन् । नेपाल भ्रमणका क्रममा रहेका जयशंकरले बिहीबार साँझ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र खेलाडीहरूलाई भेटेका थिए ।

नेपाल गत कात्तिकमा यूएईविरुद्धको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको थियो । नेपालले दशकपछि ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक