प्रधानमन्त्री कपः सन्दिप एक्लैले ९ विकेट लिँदा तनहुँको जित

Devghat Online

शेयर गरौ

दमौली, पुस २२

पोखरामा जारी प्रधानमन्त्री क्रिकेट कपको आइतबारको खेलमा तनहुँले नवलपुरमाथी बिजय प्राप्त गरेको छ ।
पहिले ब्याटिङ गरेको तनहुँ २८.४ ओभरमा १ सय १० बनाउदै आउट भएको थियो । तनहुँका लागि क्रिश ऐरले ४७ बलमा ४१ रन र समिर कंडेलले ३२ बलमा १८ रनको योगदान दिए ।

१ सय ११ रनको लक्ष्य लिएको नवलपुरले २४.१ ओभर खेल्दै १ सय रनमा अलआउट भएको थियो । नवलपुरका लागि विशाल पौडेलले ७.४ ओभरमा २४ रन दिएर ३ विकेट हात पार्दा, कमल परियार कुमार रानाले समान २–२ विकेट लिए ।

नवलपुर विरुद्ध तनहुँका सन्दिप पराजुलीले एक्लै ९ विकेट लिएका थिए । सन्दिपको चमत्कारिक खेलकै कारण तनहुँले बलियो मानिएको नवलपुर माथि सहज जित हात पारेको तनहुँ जिल्ला क्रिकेट संघका अध्यक्ष मदन तिमिल्सेनाले बताए ।

जारी प्रतियोगितामा सन्दिप एउटै खेलमा सर्वाधिक विकेट हात पार्ने खेलाडी समेत बनेका छन् । गण्डकी प्रदेशकै लागि यो नयाँ किर्तिमान समेत हो । आईतबारको खेलमा सन्दिप पराजुलीले म्यान अफ द प्लेयर जिते । सोमबार तनहुँ र पर्वत बिच खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो