देवघाटका अपाङ्गता भएका व्यक्तिद्वारा अधिकार कार्यान्वयन माग

Devghat Online

शेयर गरौ

देवघाट, पुस २५

देवघाट गाउँपालिकाको अपाङ्गता सरोकार समितिका अध्यक्ष कुमार पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्यनको माग गरेका छन् । मंगलबार आयोजित गाउँपालिकाको १३ औं गाउँसभा अघि पाण्डेले गाउँसभाले अपाङ्गता भएका व्यक्तिहरुको हितमा कार्यक्रम ल्याउन माग गरेका हुन् ।

अपाङ्गता भएका व्यक्तिहरुको लागि विनियोजित कार्यक्रम पनि वडा कार्यालयको असहयोगको कारण कार्यान्वयन नभएको भन्दै पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र उनीहरुको क्षेत्रमा गाउँपालिकाले पारित गरेको कार्यक्रमहरु सबै कार्यान्वयन गर्नु पर्ने बताए ।

गाउँपालिकामा अपाङ्गता सरोकार समिति गठन गरिएपनि त्यसपछि कुनै समन्वय र सहकार्य पनि नभएको पाण्डेले बताए । अपाङ्गता भएका व्यक्तिलाई कानुन अनुसारको सेवा, सुविधा र अवसरको माग गर्दै शारीरिक अपाङ्गता भएका पाण्डेले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ अनुसारको सेवा सुविधा र अवसर उपलब्ध गराउनु पर्ने बताए ।

पाण्डेका अनुसार देवघाट गाउँपालिकामा ३०३ जना अपाङ्गता भएका व्यक्ति छन् । त्यसमध्ये क र खका १२६ जना र ग र घ का १७७ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । वडा कार्यालयले अपाङ्गता सम्बन्धि कुनै कार्यक्रम पनि नगर्दा गत आर्थिक वर्षमा सबै बजेट फ्रिज भएर गएको पाण्डेले जानकारी दिए ।

वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले चालु आर्थिक वर्षमा अपाङ्गता सम्बन्धी कार्यक्रम समन्वय गरेर सम्पन्न गर्ने प्रतिबद्धता जनाए । गत बर्ष बजेट फ्रिज भएर जानु दुखद भएको भन्दै उहाँले यसवर्ष त्यस्तो हुन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती