बार्षिकोत्सवको अवसरमा रेडियो देवघाटद्वारा दौड प्रतियोगिताको आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, पुस २५

देवघाटमा सन्चालित रेडियो देवघाट १०२.६ मेघाहर्जले आफ्नो १३ औं बार्षिकोत्सवको अवसरमा बुधबार दौड प्रतियोगिता आयोजना गरेको छ । ‘शान्ति र सदभाव हाम्रो अभियान’ भन्ने मूलनाराका साथ सगरमाथा सन्चार सेवाद्वारा सन्चालित उक्त रेडियोले बार्षिकोत्सवको बुधबार विहान दासढुङ्गाबाट देवघाट इलाका प्रहरी कार्यालय चोकसम्म दौड प्रतियोगिता आयोजना गरेको हो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका आयोजित सो दौड प्रतियोगितामा पुरुष तर्फ १२ जना र महिला तर्फ ९ जना गरि जम्मा २१ जनाको सहभागिता रहेको थियो । रेडियो देवघाटको आयोजना,  देवघाट गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयको प्रबद्र्धन तथा देवघाट युवा खेलकुद विकास संस्थाको प्राविधिक सहयोगमा सन्चालित उक्त प्रतियोगिताको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए ।

सो प्रतियोगितामा पुरुष तर्फ राजन बोटे प्रथम, प्रमोद गुरुङ द्वित्तीय, राज बोटे तृतिय र अजय गुरुङ सान्त्वना भए भने महिलातर्फ मनिषा गुरुङ प्रथम, परिमाया आले द्वित्तीय, सरिष्मा लोप्चन तृतीय र बिना गुरुङ सान्त्वना भएका थिए । बिजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष तिलबहादुर थापा तथा रेडियोका अध्यक्ष बिजयराज शर्मा भुषाल लगायतद्वारा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

रेडियोका अध्यक्ष शर्माको अध्यक्षतामा आयोजित सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, वडा नम्बर ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवर, वडा सदस्य यामबहादुर मगर, गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त, देवघाट युवा खेलकुद विकास संस्थाका अध्यक्ष अमर फेवाली, उपाध्यक्ष अनिल मिश्र, इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण बहादुर बानियाँ, नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाका सभापति गोविन्द प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको सन्चालन रेडियो देवघाटका महासचिव निरन्जन हाडाले गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा रेडियोले पुुस २७ गते देवघाट वृद्दाश्रम मा फलफूल बितरण गर्ने भएको छ भने माघ १ गते माघे संक्रान्तिको मेलाको वेणी संगमबाट प्रत्यक्ष प्रसारण गरिने छ । त्यस्तै माघ ५ गते वक्तृत्वकला प्रतियोगिता एवं बुधबार आयोजित दौड प्रतियोगिताका विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिने रेडियोका बजार प्रमुख गोपालचन्द्र न्यौपानेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण