गौतमबुद्ध रंगशाला बनाउन भरतपुर महानगरलाई संघीय सरकारको सहमति

शेयर गरौ

२५ पुस, काठमाडौं । संघीय सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा पुगेर प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग वार्ता गरेपछि रंगशालाको काम अगाडि बढाउने सहमति भएको थियो ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको छ । ७५ करोडको ७० प्रतिशत लागत प्रदेश र ३० प्रतिशत भरतपुर महानगरले ब्यहोर्ने सहमति छ ।

अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अमेरिकामा १३२ वर्षपछि इतिहास दोहो¥याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

कार्तिक २१ अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि

व्यास जन्मभुमीको प्रचारकोलागि दमौलीमा हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ आयोजना

दमौली, कार्तिक २१ व्यास जन्मभुमि दमौली स्थित व्यास अन्न क्षेत्रमा हिन्दु महामिलन पर्व एवं ज्ञान