छिम्केश्वरी माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, पुस २५

आँवुखैरेनी गाउँपालिका–४ मा रहेको छिम्केश्वरी माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । गत वर्ष हीरक जयन्ती मनाएको उक्त विद्यालयले सोही स्मारीका समेत प्रकाशन गरेको थियो । स्मारिकाबाट आएको रकमबाट अन्य खर्च कटाएर एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक एवं सूचना अधिकारी काशीनाथ देवकोटाले जानकारी दिए ।
अक्षयकोषको चेक बधुबार विद्यालयको ६१ औं बार्षिकोत्सवको अवसरमा गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासलाई हस्तान्तरण गरे । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चुमानले आँवुखैरेनी गाउँपालिकाको शिक्षा र स्वास्थ्य सुधार गरिछाड्ने बताए । शिक्षकहरुलाई आफूले मोवाइलबाटै मोनिटरिङ गर्ने सुरुवात गरेको उनले बताए । विद्यार्थीलाई दोष दिएर शिक्षक उम्कन पाउँदैन भन्दै उनले भने, धेरै ठाउँमा गाउँपालिकाले शिक्षकलाई कारवाही गरेको समाचार सुन्दा मलाई खुशी लाग्छ, शिक्षाको सुधारका लागि गरेको हो नी, आँवुखैरेनीमा अवको शैक्षिक सत्रबाट थप क्रियाकलाप अघि बढाइनेछ ।

शिक्षाको सुधारका लागि गाउँपालिकालाई साथ नदिने शिक्षकको अस्थायी करारको नविकरण नगर्ने र स्थायीको विभागिय कारवाही गर्ने अध्यक्ष चुमानले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, वडा नम्बर ४ का अध्यक्ष मिलन भुजेल, शिक्षा शाखा प्रमुख निर्मला कुँवर, विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण खवासले मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी कार्यक्रम गरेका थिए । शैक्षिक प्रदर्शनीको अवलोकन गाउँपालिका लगायतका टोलीबाट भएको थियो । दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासले बताइन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खवासको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसको प्रशासकीय भवन निर्माणको लागि सम्झौता

दमौली, कार्तिक १३ व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माणका लागि

बन्दिपुरमा सयपत्री फूलको व्यवसायी खेती, बजार व्यवस्थापनको मुख्य समस्या

दमौली, कार्तिक १३ बन्दिपुर गाउँपालिका–५ का थुम्काका कृषक तामप्रसाद भट्टले सयपत्री फूलको व्यवसायीक खेती गरेका