व्यास नगरपालिकाको ४० औं नगरसभा सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँको व्यास नगरपालिकाको ४० औं नगरसभा बुधबार सम्पन्न भएको छ । नगर सभाले १ अर्ब ६७ करोड ११ लाख २७ हजार को उप–प्रमुखबाट संशोधित बजेट कार्यक्रम पारित गरेको नगरपालिकाले जनाएको छ ।

सभाले ३९ औं नगर सभाबाट पारित नीति कार्यक्रम अनुसार सम्पन्न भएका कार्यहरु र विविध पक्षहरुको नगर प्रमुखबाट प्रस्तुत १४ बुदें समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

सभामा ३९ औं नगर सभाबाट आर्थिक बर्ष २०८०–८१ का लागि पारित १, अर्ब ६८ करोड ९१ लाख २७हजा को आय व्यय बजेट कार्यक्रममा १ करोड ९६ लाख थप शिर्षकमा आय हुने र ३ करोड ७६ लाख विभिन्न शिर्षकमा आय कम हुन जाने देखिँदा कुल बजेटमा १ करोड ,८० लाख घटी हुन गई १ अर्ब ६७ करोड ११ लाख २७ हजार को उप–प्रमुखबाट प्रस्तुत संशोधित बजेट कार्यक्रम पारित गरेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न सो नगर सभाबाट व्यास नगर आर्थिक ऐन–२०८०, विनियोजन ऐन–२०८०, शिक्षा ऐन–२०७५ र न्यायीक समिति सञ्चालन (कार्यविधि) ऐन, २०७४ मा संशोधन प्रस्ताव पारित भएको छ ।

सभामा आर्थिक विकास समितिका संयोज रमेश हड्खले, लेखा समिति संयोजक काशिराम श्रेष्ठ, पूर्वाधार विकास समिति सदस्य यज्ञ प्रसाद पौडेल, कृषि प्रबर्धन समिति सदस्य विष्णु कुमार श्रेष्ठ हिमाल, सुशासन समिति सदस्य इश्वर पौडेल, विधायन समिति संयोजक खेमराज पोख्रेल, वन वातावरण समिति संयोजक रनसिं नेपाली, सामाजिक विकास समिति संयोजक काजिमान श्रेष्ठ, जग्गा विकास आयोजना प्रमुख रबिन्द्रलाल मुल, योजना तथा पूर्वाधार शाखा प्रमुख डा. राजु पौडेल, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले सम्बन्धित समिति र शाखाका प्रगति समिक्षा प्रतिवेदन पेश गरेका थिए ।

सभामा प्रस्तुत विभिन्न प्रस्ताव एवं प्रतिवेदन उपर नगर सभाका सदस्यहरु  दल बहादुर दुरा, दुर्गा बहादुर आले, विज्ञान कैनी, विनु श्रेष्ठ, सुरेश वाग्ले, दधिराज घिमिरे, खिर माया वि.क, संन्तोष जि.सी, गोकुल राना, यज्ञ शर्मा, सरोज भण्डारी, हर्क बहादुर कार्की, सुन्दर वाग्ले, राम प्रसाद मिश्र, ढाल प्रसाद घिमिरे, हरिश्चन्द्र पन्थ, मणिजंग बस्नेत, सरस्वति वि.क र कमला वि।क समेत २२ जनाले आ–आफ्नो सुझाब राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय