महायज्ञको प्रचार प्रसारको लागि मोटरसाईकल र्याली

Devghat Online

शेयर गरौ

देवघाट, पुस २६ गते

भरतपुर महानगरपालिका–१ चितवन देवघाटधाममा रहेको सीताराम संस्कृत माविको आयोजनामा शुक्रबारदेखी हुने मकरस्नान महोत्सव–२०८० को प्रचार प्रसारकोलागि विहिबार मोटरसाईकल र्याली निकालिएको छ । सीताराम संस्कृत माविको सर्वाङ्गिण विकासकोलागि पुस २७ गते शुक्रबारदेखी माघ २ गतेसम्म त्रिशुली कालिगन्डकी वेणीसंगम देवघाटधाममा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव हुने भएको छ ।

सो महायज्ञ एवं मकर स्नान महोत्सवको प्रचार प्रसारकोलागि विद्यालयका पुर्व विद्यार्थीहरुको संयोजनमा मोटरसाईकल र्याली निकालिएको हो । मोटरसाइकल र्याली महायज्ञ स्थलदेखि ठिमुरा–रामनगर–आपटारी–केन्द्रीय बसपार्क–पुल्चोक–पोखरा बसपार्क–आँपटारी हुँदै पुनः महायज्ञस्थलमा आएर समापन भएको थियो । सो र्यालीमा सयभन्दा बढि मोटरसाईकल चालकको सहभागिता रहेको थियो ।

महोत्सवको अन्तर्गत पुस २७ गते विहान ११ बजे कार्यक्रमको उद्घाटन हुनेछ । त्यसअघि विहान ८ बजे तनहुँ तर्फको बेणीसंगमबाट कलशयात्रा निकालिने कार्यक्रम रहेको छ । आवासीय छात्रावास समेत सञ्चालन गर्दै आएको उक्त विद्यालयकोे संस्कृत शिक्षा तथा समग्र पक्षको स्तरोन्नति गर्नका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको विद्यालयका प्रअ पोदराज पौडेल बताए ।
२०३५ सालमा ब्रह्मलिन बाबा डिल्लीराम ब्रह्माचारीद्वारा स्थापना गरिएको उक्त संस्कृत मावि चितवन जिल्लाको एक मात्र संस्कृत विषयमा पठनपाठन हुने सामुदायिक विद्यालय हो । उक्त विद्यालयमा हाल कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत विषयमा पढाइ हुने गर्दछ । उक्त विद्यालयमा आवासीय छात्रावास पनि सन्चालन भईरहेको छ ।

हरिहर सन्यास आश्रमका पीठाधीश, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश महामन्डलेश्वर स्वामी आत्मनन्द गिरि एवं महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको प्रमुख संरक्षकत्वक र विश्वविख्यात कथावाचक श्री इश्वरकृष्ण माहाराजको प्रमुख बाचकत्वमा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृ उद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव हुने विद्यालयका सहायक प्रअ एवं सचिवालय संयोजक अर्जुन पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय