देवघाटमा बालविवहा रोकथाम सम्बन्धी अभिमुखीकरण सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, पुस २६

देवघाट गाउँपालिकाको आयोजनामा बालविवहा रोकथाम तथा वाल अधिकार सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम विहिबार सम्पन्न भयो । सो कार्यक्रमको देवघाट गाँउपालिका उपाध्यक्ष भुवन सिं गुरुङले उद्घाटन गरेका थिए ।

तालिम उद्घाटन कार्यक्रममा उपाध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, गाउँपालिका प्रसाशन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल लगायतले बाल अधिकार कार्यान्वयन र बालविवहा अन्त्यकोलागि सरोकारवालाहरुको भुमिकाको बारेमा मन्तव्य राखेका थिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै देवघाट गाउपालिकाका अध्यक्ष तिलबहादुर थापाले बालअधिकार कार्यान्वयनकोलागि सबै सरोकारवालाहरु जिम्मेबार बन्नु पर्ने बताए । उनले नेपालले बालअधिकार महासन्धी अनुमोदन गरिसकेको हुँदा सबैले महासन्धीमा उल्लेखित बालअधिकारको कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

तालिम समापन कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, वडा सदस्य बुद्धिबहादुर पाण्डे, यामबहादुर मगर, कमला गुरुङ, गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त, महिला तथा बालबालिका शाखा प्रमुख सुभद्रा भट्टराई, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बुधबारदेखी सन्चालित सो कार्यक्रममा बालअधिकार तथा बालविवहा सम्बन्धी विभिन्न विषयमा सहजिकरण गरिएको थियो । बुधबारदेखी अयाोजित सो कार्यक्रममा नेपालमा बालबालिकाको अवस्था, बाल विवहा, बालविवहाको वर्तमान अवस्था, बालविवहा सम्बन्धी कानुनी व्यवस्था, बालविवहा रोकथाम तथा बालअधिकार कार्यान्वयनमा सरोकारवाला संस्था र तिनीहरुको भुमिका, नेपालको संविधान २०७२ मा उल्लेख भएका बालअधिकार सम्बन्धी व्यवस्था र संविधानको कार्यान्वयनको अवस्था र जिम्मेबार निकाय, बाल सन्जालका पदाधिकारीको काम, कतव्र्य र अधिकार सम्बन्धि विषयमा गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त, महिला तथा बालबालिका शाखाकी प्रमुख सुभद्रा भट्टराई तथा पर्यटन शाखाका प्रमुख होमबहादुर भारतीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय