तनहुँ आएर ज्ञानेन्द्र शाहीले भनेः राष्ट्रबादी व्यक्तिहरुलाई विभिन्न आरोप लगाएर भित्र थुनिन्छ

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले राष्ट्रवादी व्यक्तिलाई विभिन्न आरोप लगाएर जेल हाल्ने गरेको आरोप लगाएका छन् । तनहुँको आबुँखैरेनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रवक्ता शाहीले राष्ट्रवादी व्यक्तिहरुलाई विभिन्न आरोपमा फसाउने षड्यन्त्र भईरहेको बताए ।

अहिले प्रहरी प्रशासन र अदालतलाई सत्ताले दुरुपयोग गरेको शाहीले आरोप लगाए । प्रहरी प्रशासनले निश्पक्ष रुपमा अनुसन्धान गर्न नसक्ने अवस्था भएको उनको भनाई थियो ।

देशमा कोही पनि बस्न नसक्ने अवस्थामा पु¥याईएको भन्दै शाहीले बढ्दो व्यापार घाटा र युवा पलायनले देशमा बस्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।

सो कार्यक्रममा राप्रपाकी केन्द्रीय सदस्य गौमाया श्रेष्ठ, जिल्ला अध्यक्ष बिनोद घर्ती लगायतले पनि मन्तव्य राखेका थिए ।
सो अवसरमा खगेन्द्र देवकोटाको नेतृत्वमा विभिन्न पार्टीबाट ५२ जना राप्रपामा प्रवेश गरेको जिल्ला अधयक्ष बिनोद घर्तीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय