रेडियो देवघाटको वार्षिकोत्सबको अवसरमा आश्रममा फलफूल वितरण

Devghat Online

शेयर गरौ

देवघाट, पुस २७

देवघाटमा सन्चालित रेडियो देवघाट १०२.६ मेघाहर्जले आफ्नो १३ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार देवघाटका विभिन्न आश्रममा फलफूल वितरण गरेको छ ।

‘शान्ति र सदभाव हाम्रो अभियान’ भन्ने मूलनाराका साथ सगरमाथा सन्चार सेवाद्वारा सन्चालित उक्त रेडियोले बार्षिकोत्सव तथा रेडियोका संस्थापक अध्यक्ष भक्तिप्रसाद तिमिल्सिनाको तेस्रो स्मृति दिवसमा विभिन्न आश्रममा फलफुल वितरण गरिएको हो ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटका सन्चार माध्यमले यस क्षेत्रको विकासको लागि ठुलो योगदान दिएको बताए ।

सन्चार माध्यमले बिकृती र बिसंगती अन्त्यको लागि काम गर्नुपर्ने भन्दै अध्यक्ष थापाले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सन्चार माध्यमले प्रचार प्रसारमा जोड दिनुपर्ने बताए । सो कार्यक्रमको सन्चालन रेडियोका महासचिव निरन्जन हाडाले गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा रेडियोले यसअघि गत बुधबार दौड प्रतियोगिता आयोजना गरेको थियो । रेडियोले माघ १ गते माघे संक्रान्तिको मेलाको वेणी संगमबाट प्रत्यक्ष प्रसारण गर्ने छ । त्यस्तै माघ ५ गते वक्तृत्वकला प्रतियोगिता एवं बुधबार आयोजित दौड प्रतियोगिताका विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिने रेडियोका बजार प्रमुख गोपालचन्द्र न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय