काठमाडौं, पुस २७
राष्ट्रपति रामचन्द्र पौडेलले बन्दिपुर गाउँपालिकाकामा स्वास्थ्य तथा भौतिक पुर्वाधार विकासको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा लगायतको टोलीसँग शुक्रबार राष्ट्रपतिको कार्यालय सितल निवासमा भेट गरि राष्ट्रपति पौडेलले बन्दिपुर अस्पतालमा आँङ खस्ने रोगको उपचार केन्द्र र चेस्ट सेन्टर स्थापनार्थ बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।
साथै राष्ट्रपति पौडेलले समग्र बन्दिपुरको विकासका लागि पनि सरकारसँग समन्वय गरि बजेट बिनियोजन गराउने बताए । राष्ट्रपति पौडेलले बन्दिपुर-झारगाउँ-धरमपानी सडक योजना कालोपत्रे गर्ने, बन्दिपुर-रिङरोड सडक योजना कालोपत्रे तथा धरमपानी-ग्याजाटार झोलुङ्गेपुल निर्माणको लागि आवश्यक बजेट बिनियोजन गराउने प्रतिबद्धता जनाएका थिए ।
सो भेटमा बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापा, नेपाली कांग्रेसका नेता रेशम गुरुङ, बन्दिपुर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रवि श्रेष्ठ, गाउँपालिका अध्यक्ष थापाका स्वकिय सचिव अमिर गुरुङ लगायत थिए ।