सिद्धमहाकाली माविको बार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

गोमा न्यौपाने
देवघाट, पुस २८

देवघाट गाउँपालिका–५ रहेको सिद्धमहाकाली माविको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भयो । सो कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नका लागि शिक्षक, अभिभावक सँगै विद्यार्थिको पनि महत्वपूर्ण भूमिका रहने बताए । सामुदायिक विद्यालयको स्तर उकास्न गाउँपालिकाले सदैब साथ र सहयोग गर्ने अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछानेले बिद्यालयको शैक्षिक स्तर सुधार्न तथा बिकास गर्नका लागि पहिलो भूमिका अभिभावक र बिद्यार्थीको हुने कुरा बताउँदै शिक्षकहरू पनि नयाँ नयाँ प्रबिधी र नयाँ पाठ्यक्रम अनुसार शिक्षण गर्नको लागि तयार हुनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्यहरु सदस्य बुद्धिबहादुर पाण्डे, यामबहादुर थापा, पुर्व वडा सदस्य टुकनाथ अधिकारी साथै विद्यालयका सामाजिक परिक्षण समितिका सदस्य बद्रीप्रसाद मिश्र, मधु सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरि, कालिका सामुदायिक वनका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, कालिका माविका प्रअ इन्द्रदेव तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा विद्यालयका प्रअ बासुदेव तिवारीले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै २०४६ साल चैत्रबाट सन्चालनमा आएको बिद्यालयलाई नमुना बिद्यालयको रूपमा स्थापित गराउदै व्यसायिक र उत्पादनमुखी शिक्षा प्रदान गर्ने लक्ष्य तथा उद्देश्य रहेको बताए । उनले सामुदायिक र सस्थांगत बिद्यालयमा नतिजा फरक पर्नुका कारण उल्लेख गर्दै त्यसप्रकारको विभेद हटाउनुपर्ने कुरामा जोड दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा बालकृष्ण ज्ञवालीद्वारा स्थापित अक्षयकोषबाट प्रत्येक बर्ष गरिब तथा जेहन्दार बिद्यार्थिलाई छात्रवृत्ति प्रदान गरिदै आएकोमा यस बर्ष पनि कक्षा ४ देखि ९ सम्मका विभिन्न बिद्यार्थिलाई छात्रबृत्ति तथा पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक