बन्दिपुर केवलकार उद्यमशिल पत्रकारिता पुरस्कारबाट तिन पत्रकार पुरस्कृत

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस २८

बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् ।

केवलकार सहित बन्दीपुर क्षेत्रको उद्यम तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा आनो संचार माध्यमबाट पु¥याएको योगदानको मुल्यांकन गर्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा तनहुँबाट दमौली एक्सप्रेस साप्ताहिक तथा ईबाराही डट कमकी सहसम्पादक सुनिता आचार्य, काठमाडौंका सेतोपाटीकर्मी पत्रकार सविना कार्की र पर्वतका नेपाल समाचारपत्रकर्मी पत्रकार दुर्गा शर्मा रहेका छन् ।

बन्दीपुर केवलकार प्रालिद्वारा स्थापित यो पुरस्कार शनिबार कम्पनीको तेस्रो साधारण सभाको अवसरमा प्रदान गरिएको गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् पुर्व मन्त्री हरिबहादुर चुमान, कम्पनीका अध्यक्ष रामचन्द्र शर्मा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ लगायतले सम्मान गरेका थिए । उनीहरुलाई नगद रु. ५० हजार प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन एवं उद्यमशीलतामा चालिएका गतिविधिलाई प्रचारप्रसार गरि सहयोग गरेवापत कम्पनीले पत्रकार सम्मान तथा पुरस्कृत योजना अगाडि बढाएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

यस बर्ष पुरस्कार छनोट समितिको संयोजकमा कम्पनीका निर्देशक तारानाथ उपाध्याय रहेका थिए भने सदस्यमा प्रमुख कार्यकारी अधिकृत किरण पोख्रेल तथा सन्चालक समितिका हरिदत्त पौडेल रहेका थिए ।

तनहुँको बन्दिपुरमा निर्माणधीन बृहत् पर्यटन पुर्वधारयुक्त परियोजनाले समाजमा उधमशिलता जागरणको लागि यस प्रकारको पुरस्कार मार्फत सोही विधामा कलम चलाउन पत्रकारहरुलाई कम्पनीले नियमित प्रोत्साहन गरीरहेको छ ।

३ अर्व ५८ करोड लगानी रहेको यस परियोजना आगामि नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस परियोजनाले पत्रकारहरुको लागि बिशेष सहुलियत कार्ड समेत दिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त