देवघाटमा धुम्रपान तथा मांस मदिरा निषेध

Devghat Online

शेयर गरौ

देवघाट, पुस २८

माघे संक्रान्ति मेलाको क्रममा देवघाट क्षेत्रमा धुम्रपान, मद्यपान तथा मांस मदिरा निषेध गरिएको छ । देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेलामा धूम्रपान, मद्यपान, मांस, मदिरा र मदिराजन्य पदार्थहरु उत्पादन, बिक्री वितरण, ओसार पसार र सेवन कार्य पूर्णतया निषेध गरिएको जनाएको छ ।

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम आध्यात्मिक तपोभूमि भएकोले यस स्थलमा सदैव धूम्रपान, मद्यपान, मांस, मदिरा र मदिराजन्य पदार्थहरु उत्पादन, बिक्री वितरण, ओसार पसार र सेवन कार्य पूर्णतया निषेध रहँदै आएकोमा माघे संक्रान्ति पर्वको अवसरमा गत विगत वर्षहरुमा छिटपुट रुपमा बिक्री वितरण र सेवन कार्य भएको पाइएकोले उक्त कार्यहरु निषेध गर्ने भन्ने माघे संक्रान्ति मेला व्यवस्थापन मूल समितिको बैठकबाट निर्णय भएकाले मांस मदिरा बिक्री वितरण ओसार पसार र सेवन कार्य पूर्ण रुपमा निषेध गरिएको देवघाट क्षेत्र विकास समितिका कर्मचारी किरणराज पौडेलले बताए ।

उक्त कार्यमा सहयोग पु¥याउन स्थानीय प्रशासन, समाजसेवी, स्वयंसेवक, व्यवसायी र समस्त तीर्थालु भक्तजनहरुमा माघे संक्रान्ति मेला व्यवस्थापन मूल समितिले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त