एमाले जिल्ला कमिटि उपाध्यक्ष कंडेललाई मातृशोक

Devghat Online

शेयर गरौ

देवघाट, पुस २९

नेकपा एमाले तनहुँ जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कंडेललाई मातृशोक परेको छ । कंडेलकी आमा ८२ बर्षिया प्रेमकुमारी कंडेलको आईतबार विहान देवघाट गाउँपालिका–५ कालिमाटी स्थित आफ्नै निवासमा निधन भयो । ऋषिङ गाउँपालिका–५ राम्जाकोटका कंडेल परिवार केही वर्ष यता देवघाट–५ मा बस्दै आएका छन् ।

दिवंगत कंडेलको आइतबार देवघाट स्थित वेणी संगममा अन्तिम संस्कार गरियो । सो क्रममा परिवारका सदस्य सहित नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

अन्तिम संस्कारको क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, केन्द्रीय प्रतिनिधि परिषदका सदस्य केदार सिग्देल, जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सचिव राजेश्वर ढकाल, उपसचिव प्रदिपराज अधिकारी लगायतका जिल्ला कमिटि सदस्यहरु एवं विभिन्न तहका नेता तथा कार्यकर्ता एवं देवघाटका जनप्रतिनिधि तथां एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । दिवंगत कडेंलकी श्रीमान, हरिराज कंडेल सहित तिन छोरा तथा २ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले